शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कैलालीमा हाईस र जिप ठोक्किँदा ९ जना घाइते

कैलालीमा हाईस र जिप ठोक्किँदा ९ जना घाइते

  • आइतवार, बैशाख ५, २०७८
कैलालीमा हाईस र जिप ठोक्किँदा ९ जना घाइते

कैलालीमा हाइस र जीप एक आपसमा ठोक्कीएर दुर्घटनामा परि ९ जना घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपािलका वडा नम्बर ४ तेघरी आइतबार बिहान अत्तरीयाबाट डडेल्धुरातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र विपरित दिशाबाट आइरहेको ग १ च ७९६३ नम्बरको टाटासफरी एक आपसमा ठोक्कीएका थिए ।

हाइसमा सवार डोटीको शिखर नगरपालिका ११ गोपघाट बस्ने ४८ वर्षीया राखी धामी, सोही ठाउँका १६ वर्षीय लाल बहादुर धामी, डडेल्धुराको अमरगढी नगरपालिका ११ बस्ने ६० वर्षीया धर्मा धामी र धनगढी उपमहानगरपालिका ५ तारानगरकी ४३ वर्षीय लक्ष्मीदेवि जोशी घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै टाटा सफारी गाडीमा सवार ललीतपुरको महालक्षमी नगरपालिका ८ की ४८ वर्षीया निर्मला थापा, २७ वर्षीय निसा थापा, २९ वर्षीय नितु थापा, ३६ वर्षीय विजय शाह र दैलेखको महावु गाउँपालिका ३ बस्ने २६ वर्षीया कृष्णा विष्ट घाइते भएका छन् ।

उनीहरु सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये धनगढीकी लक्ष्मी देवि जोशिलाई थप उपचारका लागि मायामेट्रो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार