बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गाउँपालिका अध्यक्ष रोकायाको गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचार हुदै

गाउँपालिका अध्यक्ष रोकायाको गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचार हुदै

  • आइतवार, बैशाख ५, २०७८
गाउँपालिका अध्यक्ष रोकायाको गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचार हुदै

बाजुरा–गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौमा उपचार भइरहेको छ । उनलाई आइतवार बिहान धनगढी बाट सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको थियो ।
अध्यक्ष रोकायालाई काठमाडौमा पुुयाएर गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको संघिय सासंद लाल बहादुर थापाका स्वकिय सचिब शुरेस रोकायाले बडिमालिका खबरलाइ बताएका छन् । शनिवार साँझ मौसम खराब भएका कारणले हेलिकप्टर नआउने भएपछि गाडि बाट उनलाई धनगढी लगिएको थियो । हेलिकप्टरका लागि संघिय सासंद लाल बहादुर थापा, जिल्ला प्रशासन कार्यलय बाजुराले पहल गरेको थियो ।

No description available.
गाउँपालिका वडा नम्बर २ तल्दुुगन गाउँमा जनताका समस्या बुुझ्न पुुगेका रोकाया बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएको थियो ।
जिल्ला अस्पताल बाजुराका डा. शेर बहादुर साउदका अनुसार अध्यक्ष रोकायालाई छातिमा समस्या भएको थप उपचारका लागि काठमाडौ लिनुपर्ने भएकाले अस्पतालले रिफर गरेको वताए ।

No description available.
अध्यक्ष रोकायालाई दुुईदिन देखी बिस्तारै छाति दुखिरहेको थियो, शनिवार खाना खाइसकेपछि उनलाई बढि भएपछि मल्दुुगन बाट बोकेर अस्पताल ल्याएको गाउँपालिकाले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुटुमा समस्या भएको छ, रक्तसञ्चारमा समस्या भइरहेको र मुटुमा समेत समस्या भएको वताएका छन् । अध्यक्ष रोकाया मधुमेह बाटपनि ग्रसित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार