शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पर्सामा कोरोना संक्रमणका कारण महिलाको मृत्यु

पर्सामा कोरोना संक्रमणका कारण महिलाको मृत्यु

  • आइतवार, बैशाख ५, २०७८
पर्सामा कोरोना संक्रमणका कारण महिलाको मृत्यु

पर्सा —पर्सामा कोरोना संक्रमणको कारण एक महिलाको मृत्यु भएको छ । आइतबार वीरगञ्ज महानगरपालिका– १० बस्ने ५१ वर्षीय महिलाको मृत्यु भएको हो । ती महिलालाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए ।

महिलालाई अस्पताल भर्ना गरिएलगत्तै पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार