शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • देवस्थली माबि माटेशाँगुमा विद्यार्थीले लगाए ताला

देवस्थली माबि माटेशाँगुमा विद्यार्थीले लगाए ताला

  • आइतवार, बैशाख ५, २०७८
देवस्थली माबि माटेशाँगुमा विद्यार्थीले लगाए ताला

बाजुरा– खप्तड छेडेदह गाउँपालिका–२ माटेशाँगुमा रहेको देवस्थली माध्यमिक विद्यालयका विद्यार्थिहरूले  विद्यालयमा आइतबार ताला लगाएका छन् ।
विद्यालयको वार्षिक परिक्षा तथा एसइइ परिक्षा समेत नजिकै आउदा पनि जनसंख्या विषयको शिक्षक नभएको र विद्यालयमा भएका शिक्षकहरुले नियमित रुपमा राम्ररी नपढाउने गरेकोले विद्यालयमा ताला लगाएको विद्यार्थिले वताएका छन् ।
विद्यालयमा भवन नहुँदा खुला चौरमा पढ्नु पर्ने बाध्यता रहेको र खेलकुद आयोजना गर्दा समेत खेल मैदान अभावले खेल खुल्न नपाएको उनिहरूले वताएका छन् । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पटक पटक उक्त विषयमा जानकारी र माग पुरा गर्न भन्दा पनि वेवास्ता गरेपछि बाध्य भएर ताला लगाएको कक्षा १० मा अध्ययनरत छात्रा सानुकुमारी शाहीले वताएकि छन् । जनसंख्याको शिक्षक सरुवा भएर गएपनि अर्काे शिक्षक नआएकाले पढाइमा बाधा  भएको छ ।

चर्चामा

सम्बन्धित समाचार