बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अलपत्र आमा छोरी, बल्तकार पछि जन्मेकी छोरीको पठनपाठनमा समस्या (भिडीयो सहीत)

अलपत्र आमा छोरी, बल्तकार पछि जन्मेकी छोरीको पठनपाठनमा समस्या (भिडीयो सहीत)

  • आइतवार, बैशाख ५, २०७८
अलपत्र आमा छोरी, बल्तकार पछि जन्मेकी छोरीको पठनपाठनमा समस्या (भिडीयो सहीत)

बाजुरा–बडिमालिका नगरपालिका १ पाटा बस्ने मनि गुुयाल र उनिक १० बर्षकि छोरी अलपत्र रहेकी छन् । घरका अन्य सदस्य कोही नहुदा उनिहरु अरुको घरगोठमा बस्ने गरेको स्थानिय महेश दानीले वताएका छन् ।
मनि दानी राम्रो सँग न बोल्न सक्छन् न सुन्ने सक्ने गरेकी छन् । उनका श्रीमान अंगदानीको मृत्युपछि उनि अलपत्र बनेकी थिईन् । श्रीमानको मृत्युपछि उनि गाउँकै एक पुरुष बाट बल्कृत भएर छोरी जन्माएकि थिईन् । छोरी जन्मेकी केही समय पछि अर्को गाउँमा बिहे गरेर गएकि थिईन् ।
अर्को पुरुषले पनि उनलाइ फकाएर लग्यो, बिचमै अलपत्र गरेर छोडेको थियो । फेरी उनि पहिलो श्रीमान मृत्यु भएको ठाँउमा आएर बसीरहेकि छन् । अहिले उनि र छोरी सहित पाँटा गाँउमा बसिरहेकी छन् । सामाजिक सुरक्षा भत्ता पाएपछि छोरि सहित चामल किन्न सदरमुकाम मार्तडी आउने गरेकी छन् ।
छोरी आकृति स्थानिय घटालेश्वरी आधारभुक्त बिद्यालयमा कक्षा ४ मा पढने गरेकी छन् । अरुको घर गोठमा बस्ने गरेकी छन्, छोरीलाई किताब कापि र कलम समेत किन्ने पैसा नहुदा समस्या रहेको स्थानियले वताएका छन् । सामाजिक सुरक्षा भत्ताले चामल किन्ने कि अन्य घर खर्च चलाउने निकै समस्या रहेको स्थानियले वताएका छन् ।
उनि बाट छोरी जन्माउनेको पहिचान भएको भएपनि उसले केही सहयोग नगर्ने गरेको छ । आकृति भनिन्, आमाले मागेर वा कसैकाे काम गरेर अन्न र लुगाफाटाे ल्याउने गर्छन् । नयाँ लुगा किनेर नलगाएको धेरै भयो, अरुको फाटो लुगा लगाउने गरेको वताईन् । बिद्यालयको डेस्र समेत किन्न पैसा हुदैन, कापि कलम नभएर कुनै दिन खालि हात बिद्यालय जाने गरको उनले वताईन् ।
आकृतिले थपिन्, आमा न बोल्न सक्छन् न राम्रो सँग सुन्न सक्छन्, आफुलाई लाटिकी छोरी भनेर अपहेलना गर्ने गरेको वताईन् । गाउँलेले तिम्रो बुवा गाउँकै एकजनालाई हुन भनेको भएपनि आफुले उहाँ बाट केही सहयोग नपाएको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार