शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरका १ जनाको मृत्यु, १ घाइते

मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरका १ जनाको मृत्यु, १ घाइते

  • आइतवार, बैशाख ५, २०७८
मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरका १ जनाको मृत्यु, १ घाइते

कञ्चनपुर — मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरका एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बैलौरी नगरपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय राजुसिंह बोहराको मृत्यु भएको हो भने पछाडी सवार सोही ठाउँका ३० वर्षीय शिवदत्त राना घाइते भएका छन् । शनिबार कामको सिलसिलामा भारत गएकोबेला मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार घर फर्किने क्रममा सिहंले चलाएको से ४ प ८९२५ नम्बरको मोटरसाईकल शनिबार साँझ ७ बजेको समयमा पिलिभित जिल्लाको सम्पुर्ण नगरमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

घाइते भएका सिंहको लखिमपुरको खिरी अस्पतालममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार