बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ
तरुणा जोशी, बझाङ — बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन्। खुकुरी प्रहारगरि ज्यान मारेको अभियोग लागेका फरार प्रतिवादी मष्टा गाउँपालिका वडा नम्बर ५ का ४७ वर्षीय ज्ञानु भनेर चिनिने ज्ञानबहादुर बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बोहराले २०५८ साल साउन १० गते साविकको रिलु गाविस वडा नम्बर ५ […]