मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • भिजिट भिसामा युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने पक्राउ

भिजिट भिसामा युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने पक्राउ

  • शुक्रबार, बैशाख १०, २०७८
भिजिट भिसामा युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने पक्राउ

काठमाण्डौ — युरोप पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

युरोप पठाइदिन्छु भन्दै १९ लाख बढी रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका ३ घर भइ काठमाण्डौ महानगरपालिका – १६ नयाँ बजार बस्ने ३६ वर्षीय भरतप्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

राई ग्राण्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक हुन् । युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिसामा पठाइदिने भन्दै उनले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । भिजिटमा जानको लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिएर पछि सम्पर्क विहीन भएका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । राईलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार