शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अछाममा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु

अछाममा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु

  • बिहिबार, बैशाख ९, २०७८
अछाममा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु

अछाम– १५ दिनअघि भारतको गुजरातबाट अछाम फर्किएका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए।

बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुस्टि भएको थियो। कोरोना पुस्टिपछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आइशोलेसनमा राखेर उपचार गरिएको थियो।

योसँगै अछाममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार