शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नेपालगञ्जमा आजदेखि एक सातासम्म लकडाउन सुरु

नेपालगञ्जमा आजदेखि एक सातासम्म लकडाउन सुरु

  • बिहिबार, बैशाख ९, २०७८
नेपालगञ्जमा आजदेखि एक सातासम्म लकडाउन सुरु

बाँके — बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबारदेखि लागु हुनेगरी एक साताका लागि लकडाउन गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउनका कारण बजार सुनसान बनेको छ ।

सडकमा मानिसहरुको उपस्थिति छैन् । अत्यावश्यक सेवा बाहेक अरु सबै बन्द गरिएको छ । स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्वजसनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालनमा छन् ।

यस्तै, एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

चर्चामा

सम्बन्धित समाचार