बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

  • शुक्रबार, बैशाख १०, २०७८
बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

तरुणा जोशी, बझाङ — बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन्।

खुकुरी प्रहारगरि ज्यान मारेको अभियोग लागेका फरार प्रतिवादी मष्टा गाउँपालिका वडा नम्बर ५ का ४७ वर्षीय ज्ञानु भनेर चिनिने ज्ञानबहादुर बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बोहराले २०५८ साल साउन १० गते साविकको रिलु गाविस वडा नम्बर ५ का जयबहादुर रोकायालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्या गरेपछि फरार रहेको ज्ञान बहादुरलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताए।

२०६३ माघ १९ गतेको जिल्ला अदालत बझाङको फैसलाले निज बोहरालाई २० वर्ष कैद सजाय सुनाएको थियो।

बिहीबार पक्राउ परेका बोहरालाई जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार