शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बिहीबार गौरीफन्टा नाकाबाट ६२ कोरोना संक्रमित भित्रिए

बिहीबार गौरीफन्टा नाकाबाट ६२ कोरोना संक्रमित भित्रिए

  • बिहिबार, बैशाख ९, २०७८
बिहीबार गौरीफन्टा नाकाबाट ६२ कोरोना संक्रमित भित्रिए

धनगढी– बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बिहीबार ७ सय जना भित्रिएका छन्। तीमध्ये ४ सय १८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुस्टि भएको उनले बताए।

हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये १० हजार ४ सय १८ जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये १ हजार १२ जनामा संक्रमण पुस्टि भएको छ।

नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार