शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा भारतबाट फर्किएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा भारतबाट फर्किएका एक जना कोरोना संक्रमितको मृत्यु

  • बिहिबार, बैशाख ९, २०७८
बझाङमा भारतबाट फर्किएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङ– बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रसन नारायण जोशीले जानकारी दिएका छन्।

संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए। जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख १ गते एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा उनीमा संक्रमण पुस्टि भएको थियो।

संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार