शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • आइतवार, साउन २२, २०७९
गजल!

जनता लाई त न छानो न मानो बनायो,
सरकारले हाम्रो देश नै अचानो बनायो।

जुन आए पनि स्वभिमान सँग खेल्छन,
आंखा भयका लाई पनि कानो बनायो।

जनताले पनि त बुझ्न सकिन कहिलैई,
जो ठुलो हुनुथ्यो उसैलाई सानो बनायो।

हुन त राजनीति समाजमा नभै नहुनेहो,
तर आफ्नालाई पनि त वे गानो बनायो।

राणा र राजाले जस्तै बहुदलिए राजा ले,
खुन पसिना चुसेर आफ्नो छानो बनायो।

हेर्दा हेर्दै सेते जस्ताको आंखामा छारोछ,
डांका लाई पानी माथि ओवानो बनायो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार