शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आफ्नो देशलाई रिणमा डुबायो

आफ्नो देशलाई रिणमा डुबायो

  • बिहिबार, साउन २६, २०७९
आफ्नो देशलाई  रिणमा डुबायो

नेता बन्यो र देशबिदेश गयो आयो सधै,
आफ्नो देशलाई त रिणमा डुबायो सधै।

युवाहरू लाई बस्नु छैन आफ्नो देशमा,
जनताहरू दुःख र कष्ट ले अघायो सधै।

विज्ञानिक युग दुनिया आकासमा पुग्दा,
यो समाजलाई छुवा छुतले सतायो सधै।

हामी कती दयालुछौं लुट्छ ठटाउँछ त्यो,
सबै बिर्सिन्छौँ मौकामा गुन लगायो सधै।

अब त जागौं हामी कुमकर्णको निदबाट,
बिदेशीले दलाल नेता लाई फकायो सधै।

आर्कोलाई के भनौं दुम हल्लाउन पुग्छन,
पायो हाड गिंजा को रगतमा रमायो सधै।

चर्चामा

सम्बन्धित समाचार