मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • परिवर्तन ( कविता)

परिवर्तन ( कविता)

  • बिहिबार, भदौ ९, २०७९
परिवर्तन ( कविता)

जितेका नेता पदमा परिवर्तन
हारेका नेता सडकमा परिवर्तन
बोलेको बाणी फिर्ता परिवर्तन
धर्म निरपेक्ष राष्ट्रको नाममा सनातन

बिदेशी पुजारी मन्दिरमा परिवर्तन
नेपाली टोपी शिरमा परीवर्तन
राष्ट्रघाती त ढल्यो यो पनि परिवर्तन
राष्ट्रबादी त हुनै नहुने तक्दीर परिवर्तन

नेपालीको भावना पलपलमा परिवर्तन
बिभुतिको शालिक नष्ट गर्नु परिवर्तन
बिदेशीको हामी माथि दाउँ परिवर्तन
बजारमा जताततै भाउ परिवर्तन

वातावरण प्रेमी तस्कर र शिकारी परिबर्तन
गोजीमा छुरी मागी खाने भिकारी परिबर्तन
भ्रष्ट भए जनशेबक राष्ट्रका अधिकारी परिवर्तन
के हो नेपाल परिवर्तनै ? परिवर्तन…………….

चर्चामा

सम्बन्धित समाचार