शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • शुक्रबार, भदौ १०, २०७९
गजल!

देश भित्र छ अन्धकार सबैलाई थाहा छ,
चलेकैछ कालो बजार सबैलाई थाहा छ।

कसोगरी रोक्न सकिन्छ यो भनौ त मित्र,
जताततै हुन्छ भ्रष्टचार सबैलाई थाहा छ।

उठाए सेता राता झण्डा तर छैन देशको,
बने बिदेशको हथियार सबैलाई थाहा छ।

राजनीतिले गरिबलाई उपयोग गर्छ सधै,
जितेर जान्छन खुंखार सबैलाई थाहा छ।

किसान ज्यामी मजदुरले सझाए दुनियाँ,
उनले के पाए उपहार सबैलाई थाहा छ।

देश र जनताकै हितमा त गरिनन् कसैले,
राजनीति भयो ब्यपार सबैलाई थाहा छ।

नेताले आस्वासन त चुनावको वेला गय्रो,
सदियौं ढांट्दा दिक्दार सबैलाई थाहा छ।

गरिब किन डराउँछन दुखि जिन्दगी लाई,
आखिर जित्नुछ संसार सबैलाई थाहा छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार