शुक्रबार, बैशाख १४, २०८१

गजल

  • मङ्लबार, साउन २४, २०७९
गजल

 यो देशका पुजारी बदलौं मन्दिर बदलौँ ।
विकास गरी नेपालको तस्वीर बदलौँ ।

कति पिल्सिने हजुर कति प्रताडित हुने,
जुटौं युवाहरू राजनीतिका फकिर बदलौँ ।

आओ युवा हो ऐक्यवद्धतामा सामेल हुन,
अति भयो अब हामीहरू तक्दिर बदलौँ ।

राष्ट्रप्रेमी र देशभक्तिहरू एकजुट भएर,
देश जोगाउन सिमानामा जन्जिर बदलौँ ।

कुर्सी छोड्नुहोस् विश्राम गर्नुहोस् बुढा बाहरू,
पुस्ता हस्तान्तरण गरी अब आखिर बदलौँ ।।

✍️ गुलाब कान्छो

चर्चामा

सम्बन्धित समाचार