गजल!

  • आइतवार, साउन २९, २०७९
गजल!

यो मायां प्रेमका कुरा पनि वाइहात नगर,
अमूल्य भबिश्यलाई सित्तैमा बर्वात नगर।

देशलाई चिनाउंन अगाडी बढ युवा शक्ती,
बिलासितामा बर्वात यिनी दिन रात नगर।

खै संसारमा भैन मान सम्मान यो देश को,
यो संसारको सामुन्ने आंसुको बर्षात नगर।

पौरखी हौं विरका सन्तान गोर्खाली हामी,
बिभेद छुवाछुत गर्ने होइन यो जात नगर।

दुष्टहरू को अगाडी नतमस्तक हुँन छाडौं,
हुँदैन समस्यको हल अब मुलाकात नगर।

अखण्ड देशका निमित्त मिलेर बसौं हामी,
आफ्नो सन्तान भित्र अब हात पात नगर।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार