गजल!

  • सोमवार, साउन ३०, २०७९
गजल!

अहिले सबैका मुखबाट देशभक्ती कुरा आउँछ,
उनिहरूका जोसिलो भाषन समेत सुरा आउँछ।

अतिक्रमित जमिन फिर्ता अबलोकन सन्धिको,
लाग्छ मरू भुमिमा पनि हरियाली पुरा आउँछ।

यि पक्का पक्कि सतरङ्गी हुन्छन छेपारै जस्तो,
जे भने पनि जिते पछी त क्षाणमै छुरा आउँछ।

सवाल कहिले र कहाँ के भने प्रमुख होइन त्यो,
इनैका काम र कार्वाही सधै भरी अधुरा आउँछ।

थाहा छैन यि बात बहादुर हुन जनताहरू लाई,
बिदेश बाट कुनै दिन उपहार पनी चुरा आउँछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार