शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • मङ्लबार, साउन २४, २०७९
गजल!

नेताहरूले त जैल्य पनि ढांटेका हुन्छन,
पानी धमुलेर माछामार्न आंटेका हुन्छन।

नजिक चुनाव आए मिठास घोले झुठा,
घर घर गई चिल्ला कुरा छांटेका हुन्छन।

सिन्कै नी भांच्दैनन् देश जनताको लागी,
जनताको माझमा त झुठ बांटेका हुन्छन।

हुंदैहोइन मतभेद कुनै बिधी र बिधानको,
आआफ्नै स्वार्थमा यिनी फाटेका हुन्छन।

स्वर्थ पुराहुँदा सधै तैं चुप मै चुप हुनेहरू,
फाइदा भैन की धेरै कुरा काटेका हुन्छन।

देखियो यही बहुदलिय ब्यबस्थामा हामी,
झुटसँग नै जनताको भोट साटेका हुन्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार