
बलात्कार गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष भरत बोहोरा पक्राउ परेका छन्। भक्तपुरको ठिमीमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो।
पिडीत युवतीको किटानी जाहेरीका आधारमा वडा अध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले बताए। घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


