चक्र बहादुर अएडी– बाजरा त्रिवेणी नगरपालिका कृर्षि विकास शाखाबाट कृर्षकहरुलाई कृर्षि सामाग्री वितरण गरिएको छ । मकै बालिमा लाग्ने फौजिकिराको प्रकोप नेपालका अधिकांश क्षेत्रहरुमा देखिएको हुदा त्यो किराको प्रकोप त्रिवेणीमा पनि देखिएकोले किरालाई त्रियन्त्रण गर्न कृर्षहरुलाई कृर्षि सामाग्री वितरण गरिएको कृर्षि विकास शाखा त्रिवेणीले जनाकारि दिएको छ ।
विशेष गरि त्यो किर मकै बालिमा लाग्नेहुदा कृर्षि विकास शाखाका अनुसार अहिले त्रिवेणी नगरपालिका का वडा नम्वर ३ , ७ , ९ मा त्यसको प्रत्यक्ष असर देखिएकोले त्यो समस्या अन्य वडामा पनि न आवस भन्नका लागि पुर्व तयारि का साथ त्रिवेणीका सवै वडाहरुमा सामान वितरण गरिएको जनाएकाे छ ।
त्रिवेणी नगरपाकिामा रहेका जम्मा ६४ ओटा टोल विकास समितिका संयोजकलाई वितरण गरिएको छ । प्रत्येक टोल विकास समितिका संयोजकलाई एक स्प्रे मेसिन , एक वोतल इमामेक्टिन वेन्जुवयट १० बोतल कमाण्डो , एक ओटा बाल्टिन वितरण गरिएको त्रिवेणी नगरपालिका कृर्षि शाखा प्रमुख मान बहादुर रावलले जानकारि दिनु भएको छ । रावलका अनुसार ६४ ओटा टोल विकास समितिलाई ४ लाख ५० हजार बरावरको सामान खरिद गरि वितरण गरिएको बताएकाे छ ।