कस्तो दिन आयो हेर, शंका लाग्छ धेर,
घोत्लिएर सोची रहन्छु दिनको एक फेर।
साथीभाइ,इष्टमीत्र, आफ्नै परिवार पनि,
शत्रुझैं भो आफ्नै प्यारो कर्मशील हात पनि!
नाक आँखा छुन खोज्छु,ओठ मुखलाइ चुम्न,
प्रेयसीलाइ अंगालो हाली चाहान्छु संसार घुम्न।
तर बिचरा यी हातहरू कति छन् बिवस हेर,
आफ्नै इच्छा मारी मारी सोच्छ बहुत फेर।।
न त सक्छु संसार घुम्न न प्रेयसीलाई नै चुम्न,
सारा योजना चौपट भो लौ कोरोनाले छिन्नभिन्न।
अजंगरूप धारण गरी कोरोना आउँदै छन् रे,
हजारौं बर्ष भोकी तिनी मानवभक्षी छिन् रे!!
न देखिन्छ रूप उनको न त कुनै रंग,
बिनासित्ति मात्तेकी छिन् पार्दै निन्द्रा भंग।
उनीबाट बच्ने उपाय एउटै मात्र छ रे,
सरसफाइ,एकान्तप्रीय मन्त्र जप्नु अरे!!
-श्याम पौडेल