• होमपेज
  • कभर स्टोरी
  • कर्णाली नदीमा र्‍याप्टिङ्ग (फोटो फिचर)

कर्णाली नदीमा र्‍याप्टिङ्ग (फोटो फिचर)

  • बुधबार, फाल्गुन ७, २०७६
कर्णाली नदीमा र्‍याप्टिङ्ग (फोटो फिचर)

कर्णाली नदिमा र्‍याप्टिङ्ग सेवा सञ्चालनमा छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरन्जनका लागि बाजुरा भागमा पर्ने कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा ल्याईएको छ । स्वामीकार्तिक खापर, जगन्नाथ गाँउपालिकाको बिचमा पर्ने पिलिचौरमा र्‍याप्टिङ्ग सेवा सञ्चालनमा आएको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरन्जीबि शाहिले वताएका छन् । सड्क सञ्चालन सँगै यो सेवा सुचारु गरेको वताए । सड्क आएपछि मानिसहरुको चहलपहल बढदै गएकोले र्‍याप्टिङ्ग सञ्चालनमा ल्याएको शाहिले थपे ।


स्वामीकार्तिक खापर गाउँपालिकाले कर्णाली क्षेत्र पर्यटकीय सम्भावनका दृष्टिले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गर्न र गाउँपालिकाको आम्दानीको श्रोतमा बृद्धि गर्न कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा ल्याएको गाँउपालिकाले वताएको छ । जिल्लाको मुख्य आर्कषकका रुपमा बग्ने कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा आएपछि अहिले पीलुचौर क्षेत्र मुख्य आकर्षकको केन्द्रविन्दु बन्दै गएको छ ।


गाउँपालिकाले कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालन गर्नका लागि पहिलोपटक एउटा र्‍याप्टिङ्ग खरिद गरेर संचालनमा ल्याएको छ । पर्यटकीय सम्भावनाका हिसावले गाउँपालिकाको पहिचान हुने र गाउँपालिकाको आम्दानीको श्रोत बढ्दै जाने गाउँपालिकाले लक्ष्य रहेको गाँउपालिका निमित्त कार्यकारी कुबेर शाहिले बताएका छन् ।
¥याप्टिङ्ग सेवा कर्णाली नदीमा दैनिक संचालन गर्नका लागि गाउँपालिकाले निश्चित मापदण्ड तयार पार्ने भएको छ । र्‍याप्टिङ्ग सेवालाई निरन्तरता दिई सर्वसाधारण जनताहरुको पनि पहुँच बृद्धि गर्ने गाउँपालिकाले बताएको छ । कर्णाली नदीमा संचालन भएको र्‍याप्टिङ्ग सेवामा सबैको पहुँच पुगाउने र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि र्‍याप्टिङ्ग सेवा गरेवाफतको दैनिक शुल्क निर्धारण गरिने गाउँपालिका अध्यक्ष चिरन्जीवि शाहीले बताएका छन् ।


जिल्लाकै मुख्य आकर्षक केन्द्र विन्दुका रुपमा बग्ने कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा विस्तार भएसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको पिलुचौरमा भिडनै लागेको छ । अहिले गाँउपालिकाले निशुल्क र्‍याप्टिङ्ग सेवा दिएपछि आन्तरीक पर्यटकको निकै घुइचो लागेको गैर सरकारी महासंघ बाजुराका अध्यक्ष अग्निराज शाहिले वताए ।
तीन गाउँपालिका र एक नगरपालिका सहित चारवटा स्थानीय तहहरुसंगै मुख्य आकर्षकको केन्द्र विन्दुका रुपमा रहेको पिलुचौर क्षेत्रमा दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने गरेको स्थानीय रोषन शाहीले बताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका जाने सडक निर्माण भएको छ तर कर्णाली नदिमा पक्की पुल नहँुदा यातायात सेवा सुचारु हुन सकेको छैन् । गाउँपालिकाले कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा संचालनमा ल्याएपछि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नदीबाट सवार गराउन सजिलो भएको र्‍याप्टिङ्ग चालक धनजित महताराले बताएका छन् ।


कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा सूरुवात गरेपछि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई र्‍याप्टिङ्गमा मनोरन्जन गरिसकेपछि बस्ने व्यवस्था गर्ने र पर्यटकहरुको संख्याको आधारमा र्‍याप्टिङ्गहरु थप्दै जाने योजना रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका कुबेरबहादुर शाहीले बताएका छन । यो क्षेत्र खप्तड देखी रारा पदमार्गको बिच भागमा पर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार