• होमपेज
  • बुढीगंगा
  • बाल विवाह रोक्न बाल कचहरी

बाल विवाह रोक्न बाल कचहरी

  • शुक्रबार, साउन १०, २०७६
बाल विवाह रोक्न बाल कचहरी
बुढिग‌गा नगरपालिकाले गरेकाे बाल कचहरी कार्यक्रमामा सहभागीहरु

बाजुरा १० साउन  । बाल विवाह रोक्न बुढीगंगा नगरपालिकाले बाल कचहरी सञ्चालन गरेको छ । बाल विवाहका कारण, रोकथामका उपाय, सरोकारवाला निकायको जिम्मेवारी र बालबालिकाले स्वयमको भूमिका बारे खुला छलफल गर्न नगरपालिका स्तरीय कचहरी सञ्चालन गरिएको हो ।
बाल विवाहका घटनाहरु निरन्तर घटीरहने भएपछि समाधानको उपाय खोेजीका लागि सरोकारवाल, जनप्रतिनिधी र बालबालिका बीच कचहरीका माध्यमबाट खुला छलफल गरिएको नगर उपप्रमुख तारा खातीले बताएकी छन् । बाल विवाह नगरकै चुनौतिको विषय बन्यो, त्यसको न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिएको खातीको भनाई छ ।
बुढीगंगा नगरपालिका जिल्ला नौ वटौ मध्ये बढी जनसंख्या भएको स्थानीय तह हो । त्योसँगै शिक्षीत र निजामति सेवा तथा राजनीतिक क्षेत्रमा अग्रभागमा देखिने नगरपालिका पनि हो । कानुनी रुपमै अपराधका रुपमा रहेको बाल विवाहलाई अन्त्यका लागि आधार तहबाटै अभ्यास थालनी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तीलक थापाले बताएका छन् ।
१० वटै वडाका बालबालिकाल, नगरकार्यपालिकाका सदस्य, उपप्रमुख सहीत वडा अध्यक्ष, र अन्य त्यो क्षेत्रमा काम गर्ने निकाय कचहरीमा सहभागि थिए । कचहरी नगरपालिको पीसविन र गुड नेवर्स इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालन गरिएको नगर प्रवक्ता माया शाहले बताएकी छन् ।
बुढीगंगामा अझै ५५ प्रतिशत बढीले बाल विवाह गर्ने गरेको तथ्याकं छ । २०७२ देखि २०७५ सालसम्म नगरपालिका भित्र २८० वटा विवाह भएका छन् । भने ती मध्ये १५७ जनाले बाल विवाह गरेका छन् । बाल विवाह गर्नेमा केटाको भन्दा केटीको संख्या बढी रहेको छ ।
बाल विवाह गर्नेमा १४ देखि १५ वर्ष सम्मका १०.२ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समुहका ४२ प्रतिशत र १८ देखि १९ वर्षसम्मका ४७ प्रतिशत रहेका छन् । बाल कचहरीमा बाल विवाह रोक्न ठोस नीति र निर्णय गर्न जनप्रतिनिधी सहमत भएका छन् ।
बाल अधिकारका विषय र सवाललाई उठानसँगै बाल बालिका भित्रको अन्र्तनिहीत क्षमता प्रस्फुटन गर्नपनि कचहरीले सहयोग पुगेको गुड नेवर्स इन्टरनेसनलका जिल्ला कार्यक्रम संयोजक खडक बोहराले बताएका छन् । कचहरी पछि नगर प्रवक्ता माया शाहले बाल विवाह भएको थाह हुने वित्तिकै कारवाहीका लागि सिफासिर गर्ने वचन दिएकी छन् ।
नगरपालिकामै बाल विवाह गर्ने परिवारलाई स्थानीय तहले दिने सुविधा रोक्ने देखि हरेक अवसरबाट समेत बञ्चित गराउने, भोज बहिष्कार गर्ने, छात्रवृत्ती रोक्ने लगायतका निर्णय गर्ने कचहरीबाट निष्कर्ष निकालिएको छ ।
नगरपालिका ७ का अध्यक्ष भुवन सिंह केसी र ३ का अध्यक्ष खडकसिंह अधिकारीले वडाका सुविधा रोक्ने गरि निर्णय गर्ने वचन दिएका छन् । बाल विवाह स्वयम बालबालिकाबाट पनि हुने भएको हुँदा मोबाईल प्रयोगमा पनि रोक लगाउनु पर्नेमा स्वयम बालबालिकाले जोड दिएका छन् ।
सहभागि बालबालिकाले पनि अभिभावक मात्रै दोषि नभई बाल विवाह हुनमा विद्यालयको वातावरण, आर्थिक अवस्था, पारिवारिक तनाब र शिक्षकको व्यवाहार तथा अन्य व्यक्तिहरुको सम्बन्ध भूमिका खेलेको बताएका छन् ।
उसोत वडामा सिफारिस, जन्म विवाह दर्ता गर्नपनि बाल विवाह गर्ने जोडिहरुका हकमा असहज हुन गरेको वडा अध्यक्षहरुको भनाई छ । नगरपालिका नै स्वयम अग्रभागमा नदेखिए र नीतिगत रुपमै सरोकारको विषय बनाए मात्र रोक्न सहज हुने पीसविन कार्यक्रम प्रबन्धक जुद्धबहादुर रावलले बताएका छन् ।
प्रहरीसम्म पुग्नु पर्ने मुद्दाहरु पनि बीचमै मिल्नु र मिलाउनु दोष सम्बन्धीत वडाका जनप्रतिनिधीकै भएको आरोप सामाजिक अभियान्ता खडकराज जोशीले बताएका छन् । बाल कचहरी बुढीगंगा नगरपालिकाको हलमा आयोजना गरिएको पीसविन परियोजना अधिकृत टेकबहादुर थापाले बताएका छन् । जिल्लामा ७० प्रतिशत बालविवाह हुने गरेको सामाजिक संस्थाले अध्ययन गरेको तथ्याकंमा उल्लेख छ ।
फोटो क्याप्सन
बाल कचहरीमा सहभागिहरु ।
फोटो ः कृष्ण, नागरिक

चर्चामा

सम्बन्धित समाचार