• होमपेज
  • बुढिनन्दा
  • पुरुष स्वाथ्यकर्मी द्धारा प्रसुति सेवा

पुरुष स्वाथ्यकर्मी द्धारा प्रसुति सेवा

  • सोमवार, असार २३, २०७६
पुरुष स्वाथ्यकर्मी द्धारा प्रसुति सेवा

प्रकाश सिंह
बाजुरा, २३ असार
बुढिन्नदा नगरपालिका ९ कि ३६ बर्षिय लालमति सार्कीलाई प्रसुति सेवा लिन आफन्तले पाण्डुसेन स्वास्थ्य चौकिमा लगे । तर त्यहाँ उनलाई महिला स्वास्थ्यकर्मी नभई पुरुष स्वास्थ्यकर्मीले प्रसुति सेवा दिए । लामतिले पुरुष स्वास्थ्यकर्मीको सहयोगले बच्चा जन्माईन् ।
पाण्डुसेन स्वास्थ्य चौकिमा महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चौकिमा कार्यरत जन स्वास्थ्य निरिक्षक नृप राज गिरीले सेवा दिदै आएका छन् । उनले लालमति सार्की मात्र नभई अरुलाई पनि सुत्केरी सेवा दिदै आएका छन् । २२ गते बुढिन्नदा नगरपालिका ९ बस्ने २१ बर्षिय गिता सार्कीलाई सुत्केरी सेवा लिन स्वास्थ्य चौकि पुयाए । उनलाई पनि नृपराज गिरीले नै सेवा दिएका थिए । लाज मानि मानि सेवा लिनु परेको गिता सार्कीले वताईन् ।
पाण्डुसेन स्वास्थ्य चौकि प्रसुति सेवा केन्द्र हो, महिला स्वास्थ्यकर्मी कोहि छैनन्, बाध्यताले आफुले सेवा दिएको नृप राज गिरीले वताए । न आफु यो सम्बन्धि तालिम प्राप्त हो बाध्यताले सेवा दिएको वताए । त्यति मात्र नभई अहिले स्वास्थ्य चौकिमा कार्यलय सहयोगि देखी बिरामी चेकजाँच र प्रशासनको काम एक्लैले गर्दै आएको उनले वताए ।
स्वास्थ्य चौकिमा एकजना एचए, दुई जना अहेब, दुईजना अनमि र एकजना कार्यलय सहयोगि दरबन्दि रहेको छ । एकजना दरबन्दिमा कार्यरत अनमि मधु श्रेष्ठ बिदामा छन्, कार्यलय सहयोगि पृथ्बी बहादर सिंह समायोजनमा अर्कै ठाँउम परेपछि एकजनाको भरमा स्वास्थ्य चौकि सञ्चालनमा आएको छ । दैनिक ४० जना बिरामी आउछँन्, उपचार गर्न परयो, अफिसको अन्य ब्यबस्थापान गर्न परयो निकै समस्या भएको गिरीले वताएका छन् ।
नगरपालिकाले करारमा राखेकि अनमि अमृता कार्कीलाई वडा नम्बर ८ मा पठाएको छ । नगरपालिकामा कर्मचारी अभाब रहेको जानकारी गरेको भएपनि कतै बाट सहयोग नभएको नृपराज गिरीले वताए । पाण्डुसेन स्वास्थ्य चौकीमा सुत्केरी गराए बाफतको चैत यता ३० जनाले न्यानो झोला र सुत्केरी भत्ता समेत नपाएको उनले वताए । नगरपालिकाले भने चाडै ब्यबस्थापन गर्ने वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार