बडिमालिका खवर
बाजुरा २४ जेठ
अनेमसंघका केन्द्र्रिय सहसंयोजक सिता पौडेले समाजमा भएका कुरिति कुसस्कारलाई अन्त्य गर्न लागि अनेमसंघले अगुवाई गर्ने बताउनु भएको छ । महिला हिसां विविध रुप र यसबाट श्रृजित समस्या र समाधानका उपाय विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
महिला हिसांको सवाल समस्या बुझ्न बाजुरा पुग्नु भएका पौडेलले अनेमसंघ एकदमै चेतनामै परिवर्तन आउने गरी चरण बद्ध रुपमा अगाडी बढेको भन्दै योजना बनाउने तयारी रहेको जानकारी गराउनु भयो । समाजमा उठेका महिलाका सवाल केन्द्रियदेखि प्रदेश र स्थानिय सरकारसंघ एउटै योजना बनाउन दवाव दिने बताउनु भएको छ ।
बाल विवाह दाईजो पर्था बोक्सी पर्था बाल बलत्कार कायम रहेको बताउनु उहाँले सिगो समाजका धार नै नकरात्मक तिर बढी उन्मुख भन्दै समाज रुपन्तरण गरी यस्ता कुरिती अन्त्य गर्न आफु बाजुरा आएको उहाँको भनाई छ ।
नेकपाका नेता पेम्वा गुरुग भोटले जिल्लाका ९ वटा मध्ये २ लाई प्रसंशा गर्नु भएको छ । गौमुलको स्यानेटरी प्याड र बडीमालिकाको गोठमुक्त अभियानको खुलेर प्रसंशा गर्नभएको छ । यस्ता अभियानले समाज रुपान्त्रणको लागि टेवा पुग्ने भन्दै भोटेले महिला हिसां न्युनिरकण विस्तारै हुदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।
बडीमलिका नगरपालिकाका उपप्रमुख कविता विष्टले आफ्नो नगरपालिका छाउृपडि न्यनिकरण गर्न छाउगोठलाई भत्काउने पहिलो काम भयो र ९ वडा मध्ये ४ वडा गोठमुक्त घोषणा भईसकेको छ । बाकी घोषणा गर्न स्थानियको साथ सहयोग चाहिएको बताउनु भएको छ ।
गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले महिला हिसां न्युनिकरण गर्न चेतना जगाउन सके मात्रै समाज रुपान्त्रण हुने बताउनु भएको छ । उहाँले बोल्नभन्दा पनि काम गरेर देखाउने बताउनु भयो ।
प्रमुख ज्र्रिल्ला अधिकारी गंगाप्रसाद न्यौपाउनेले घरभित्र लैजाने, सबैले खाने कुरा खाने र गह्रुगो काम नगर्ने गरे छाउपडि अन्त्य गर्न सकिने बताउनु भएको छ । उहाँले समाजमा विभिन्न हिसांको शिकार बालबालिका भएकाले प्रशासन र प्रहरीमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ । डीएसपी उद्धपसिह भाटले छाउपडि गोठ मुक्त गरे मात्र छाउपडि अन्त्य गर्न नसकिने भन्दै चेतनाको विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ ।
सदरमुकाम मार्तडी आयोजना गरिएको कार्यक्रममा अनेम संघ केन्द्रिय सहसंयोजक सिता पौडे्ल,सदस्यहरु जया घिमिरे,रिमा नेपाली,गौरी ओली,सर्मिला कार्की,अनेम संघ बाजुराका अध्यक्ष मनदेवी ओली लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता र मालिका उमाविका किशोरीहरुको सहभागिता रहेको थियो ।