• होमपेज
  • समाचार
  • गुल्मी जीप दुर्घटना अपडेट: पूर्व सांसदसहित मृतकको संख्या तीन पुग्यो

गुल्मी जीप दुर्घटना अपडेट: पूर्व सांसदसहित मृतकको संख्या तीन पुग्यो

  • बिहिबार, चैत्र २८, २०७५
गुल्मी जीप दुर्घटना अपडेट: पूर्व सांसदसहित मृतकको संख्या तीन पुग्यो

गुल्मी : गुल्मीमा भएको जिप दुर्घटनामा घाइते थप एक जनाको ज्यान गएको छ । यो सँगै मृतकको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते मालिका गाउँपालिका–२ की ३६ वर्षीया कौशिला थापाको मृत्यु भएको हो । यसअघि धुर्कोट गाउँपालिका–५ का ७२ वर्षीय पूर्व सांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका–१ नेटाका ८ वर्षीय वस्कर बिकको मृत्यु भएको थियो।

घाइतेहरुमा मालिका गाउँपालिका–२ का ३२ वर्षीय सूर्यबहादुर थापा, तीन वर्षीया कृतिमा थापा, पाँच वर्षीय ज्ञानिष थापा, ३६ वर्षीय जिप चालक कमल पुरी, १८ वर्षीय नरेन्द्र शिरिष, मुसीकोट नगरपालिका–१ का ४० वर्षीय भोजबहादुर भट्टराई र सोही ठाउँकै रीमा भट्टराई रहेका हुनुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार