रस्साकस्सी को स्क्रीन सट
झट्ट हेर्दा गुटै गुट देखिए पनि नेकपा मा दुई अध्यक्षको अलावा सक्तिशाली गुट अरु छैनन । तर , त्यसो भनेर आजको नेकपा अध्यक्षद्वयको शक्तिसन्तुलनमा मात्र पनि अगाडी बढ्न तैयार छैन । अझ सक्तिशाली मनोबिज्ञान अध्यक्षद्वयको प्रत्यक्ष नियन्त्रण बाहिर छ । यद्यपि यसको केन्द्रिकरण भैसकेको छैन । यो शक्ति कसरी र कता केन्द्रिकरण हुन्छ भन्ने कुरानै नै आजको नेकपा भित्रका सबै आन्तरिक गतिबिधिको रहस्य हो । नेकपा अध्यक्षद्वयका हाउभाउ देखि बेला बखतका कतिपय ठुला ठुला कदमहरु पनि यही सक्ति सन्तुलनमा आउने फेरबदलका सतही तरङहरु हुन । सिके राउत प्रकरणमा गृहमन्त्रीले प्रचण्डलाई सुइको पनि दिएनन। बिप्लब प्रकरणमा ओली दहाल दुबै यसकारण आक्रमण देखिएका छ्न कि उनिहरु दुबै गृहमन्त्रीलाई चिढाउन चहादैनन । नेपाल पक्ष बैचारिक रुपमा ओलि सङ तर भौतिक सामिप्यता प्रचण्ड सङ जस्तो अबस्थामा पुगेको छ ।
यस्तो अनिश्चित तर दाउपेच पुर्ण आन्तरिक राजनितिको सकसमा नेकपा फस्न पुगेको छ। चर्चाको बजार अड्कलले भरिएको छ । भबिस्यबाणी गर्नेहरुको कमि छैन , किनकी यतिबेलाको आम चासो र प्रश्नको केन्द्रबिन्दु बनेको छ नेकपा र प्रश्न उठेको छ गुटैगुट बोकेर कहाँ पुग्ला नेकपा ?
संभावना एक
कुनै दिन यस्तो थियो कि सिपि सिपी मैनालीलाई सबै भन्दा शक्तिशाली मानिन्थ्यो । झलनाथ खनाल सिपि मैनालिको बिपरित धुर्बमा उभिन खोज्थे उनलाइ प्रतिभासाली नेताहरुको साथ पनि थियो तर सिपि मैनालिको जबर्जस्त ब्याक्तित्वका अगाडि निस्तेज हुन सबै बाध्य थिए । माधब नेपाल , केपी ओलीहरु पार्टीमा नयाँ गति चहान्थे । बामदेब गौतम , झलनाथहरु बैचारिक कार्यदिशा बिकाश गर्ने प्रयत्न गर्थे तर सिपिले उनका प्रयत्नलाई ठाडै अस्विकार गरि दिन्थे । यस्तो अबस्था बन्यो कि गतिशिल पार्टीका लागी मैनलिको बिकल्प खोजिदै थियो तर उनी सङ जुध्ने कसैको उचाइ पुगिरहेको थिएन । बैचारिक रुपमा झलनाथहरुलाई अब्बल मानिन्थ्यो तर सिपीको ब्याक्तित्व अकाट्य जस्तै थियो । झलनाथ अन्ततः नेता बनेरै छाडे तर पार्टीमा सिपी नै हाबी भैराखे । सिपीको इच्छा बिपरित पार्टी टसमस हुनै नसक्ने अबस्थामा झलनाथ खनालने आफ्नो करिस्मा देखाउन पाएनन।
यो रस्साकस्सीमा मदन भण्डारी नयाँ बिचार बोकेर हुत्तिदै आइपुगे , सिपी र झलनाथको द्वन्द्वमा आजित पार्टी पंक्तिले यिनलाई साथ दियो । सारथी बन्न पुगे जिवराज आस्रित , माधब नेपाल , केपी ओली जस्ता सक्रिय युवाहरु । परम्परागत नेतृत्व एउटै बिचारमा समेटिने अबस्था थिएन , त्यसैले मदन नयाँ बिचार , ब्याक्तित्व र तर्कसिलताका साथ फुत्त अगाडी आए । उनले पार्टीलाई एकताबद्ध राख्न र नेतृत्वको टिमलाई ओजिलो बनाउन मनमोहनलाई अध्यक्ष बनाउने जुक्ति अगाडी सारे यसरी बिचार ,ट्याक्टिस र टिम सबै हिसाबले मदन भण्डारी निर्बिकल्प नेतृत्वका रुपमा उदाए ।
अर्को तिर पार्टीमा भिमकाय ब्यक्तिकका रुपमा मोहन बिक्रम र निर्मल लामा अनि दुबै सङ सहमत हुन नसकिरहेको क्रान्तिकारी मनोबिज्ञान र त्यो मनोबिज्ञानका एक मात्र आशाका किरण अर्थात मोहन बैध किरण । बैधको रुपमा क्रान्तिकारी सपनाले एउटा आदर्श पाएको त थियो तर अझै लेनिनको जस्तो नायकत्व भेटिसकेको थिएन । त्यसैले बैधले आफू प्रतिको अपेक्षालाई कुसलता पुर्बक प्रचण्डको काधमा सारिदिए प्रचण्डले पनि निरास बनाएनन प्रचण्ड सोझै लामा र सिह सङ नजुधे पनि उनी पनि नेतृत्वको टकराब र अकर्मण्यताको जगमा पैदा भएका कुशल नेतृत्व हुन।
यसरी प्रचण्ड र भण्डारीको उदयको बस्तुगत परिस्थितिमा धेरै समानता पाउन सकिन्छ । आज फेरि परिस्थिति तानातानमा पुगेको छ । पार्टिको ठूलो मनोबिज्ञान न त ओली करण हुन तैयार छ न त दहालीकरण । के फेरि नयाँ नेतृत्व पैदा हुने सकस हो यो ? बस्ततुगत अबस्था हेर्दा हो भन्न सकिन्छ तर त्यस्तो नेतृत्वको आत्मगत अबस्थाले अझै कुनै सन्केत गरिसकेको भने छैन। तर , मार्सबाद मान्ने हो भने, नेतृत्व आकस्मिक रुपमा जन्मिन्छ र चमत्कारिक रुपले स्थापित हुन्छ प्रचण्ड र भण्डारी जस्तै ।
संभावना दुई
अकर्मण्यता यसरिनै बढी रहदा नेकपामा अन्ततः शिघ्र महाधिवेशन माग हुनेछ । पार्टी बाध्यतापुर्बक बिधान संसोधन गर्दै त्यता तिर प्रवेश गर्ने छ । महाधीबेशनमा जबज रक्षाको झण्डा ओलीले उठाउने छ्न । केपी शर्मा ओलीको बलियो हतियार नै जबज हो , यो हतियार माधब नेपाल पनि छाड्न चहादैनन। अर्को शक्तिशाली बिचार छ जबज पुरानो भयो अब नयाँ बिचार ल्याउनु पर्छ भन्ने त्यसलाई बोकेर प्रचण्ड पार्टी फुटको हदसम्म जान चहादैनन।यस्तो अबस्थामा अर्को पक्ष जबर्जस्त समाजबादी कार्यदिशा लिएर अगाडी आउने छ र अन्ततः भण्डारीको योगदान समाजबादी कार्यदिशाका लागि पनि सान्दर्भिक भएको व्याख्या गरिनेछ। नीति तथा कार्यक्रम समाजबादी धाराको लागुगर्दै त्यसलाई जबजको नयाँ ब्याख्या भनिने छ। यसरि बिचार र संगठनात्मक दुबै हिसाबले पहल लिने लचक र छरितो मान्छे हुनुको नाताले प्रचण्ड नेतृत्वको रुपमा आउने र दुबै पक्षले उस्तब मनाउने अबस्था सिर्जना हुने छ ।
संभावना तीन
पुर्ब एमाले र माओबादी आन्तरिक अस्तब्यस्तता बाट गुज्रिदै एकै ठाउँ ठाउमा बसेर आन्तरिक संकटको निकास खोज्ने बिकल्पमा आइपुगे त ? यसको पछि दुबै पार्टिमा रहेको एउटा ठूलो कन्ट्रोभर्सीले काम गरेको छ। प्रचण्ड यहाँ आइपुग्ने सन्दर्भमा प्रष्ट थिए तर यस्तै रुपमा आइएला भन्ने अनुमान चाहिँ थिएन । त्यसैले हिड्न चाहिँ उनी आफुले चाहेको बाटो नै हिडे तर कहिले उनले बाबुरामको दस्ताबेजलाई आधिकारिक बनाउदै पार्टी बायाँ जान रोक्थे त कहिले बैधको बिचार हाबी बनाउदै पार्टीलाई दक्षिण जान रोक्थे । यसरी सङठन आफुलेे चाहेको बाटोमा गुडाउन त उनी सफल भए तर बिचारको कमान्डमा मिलिटेन्ट हुनु पर्ने संगठन धरासायी बन्दै गयो । किनकी जहाँ जानू थियो त्यस्तो संगठन बनाउने काममा उनले उछार नै पाएनन् या चुके ।
पुर्ब एमालेमा पनि त्यही भयो अर्थात अघोषित सम्झौता । बिचारमा घनश्याम भुसाल हाबी भए , महाधिवेशनले उनको बिचारलाई करिब करिब अनुमोदन गर्यो उनीहरु चुनाब पनि जितेर आए तर उनले समर्थन गरेको नेतृवले हार्यो । नेतृत्वमा ओलीले बाजी मारे तर उनको बिचारको पक्षमा लड्ने शंकर पोखरेलहरु हारे ।
यी दुबै सन्दर्भले के सन्केत गर्छ भने बिचारमा नेकपाले सिफ्ट गर्न खोजी रहेको छ तर त्यसलाई लागुगर्ने नेतृत्व देखिसकेको छैन। त्यसैले संभावत एकदशक अझै नेकपाले कडा आन्तर संघर्स झेल्ने छ । हेरौ बाकी समयले बताउला।