बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • शिक्षा
  • मालिका माबि देशकै नमुना बनाउनु पर्छ : समन्वय प्रमुख रोकाया

मालिका माबि देशकै नमुना बनाउनु पर्छ : समन्वय प्रमुख रोकाया

  • आइतवार, फाल्गुन २६, २०७५
मालिका माबि देशकै नमुना बनाउनु पर्छ : समन्वय प्रमुख रोकाया

बडीमालिका समाचार
बाजुरा २६ फागुन   
सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले मालिका माविको शैक्षिक गुणस्तरप्रति कुनै गुनासो छैन, सामुदायिक विद्यालयले गरेको यस खालको विकास उदाहरणीय रहेको बताएका छन । अरु विद्यालयले पनि यसबाट पाठ सिक्नुपर्ने प्रमुख अतिथि रोकायाले बताए । नगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि विशेष कार्यक्रम ल्याउनुका साथै जिल्लाको नमुना भएपनि प्रदेश र देशकै नमुना मालिका माबि बनाउनु पर्नेमा जोड दिनु पर्ने बताएका छन ।


मालिका माध्यमिक विद्यालयले ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको ५३ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा बिद्यालयका आतिरिक्त कृयाकलापहरु साँस्कृतीक कार्यक्रम लागयत स्थानिय सास्कृतीक देउडा लगायतका कार्यक्रम रहेका थिए । कार्यक्रममा मालिका माद्यामिक विद्यालयको प्रगतिमा आर्थीक भौतिक लगायत बिभिन्न ठाउँमा भएर योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । बडीमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्याय, वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल लगायत नौ ओटै वडाका वडाअध्यक्षहरुलाइ बिद्यालयले सम्मान गरेको छ ।

त्यसै गरी गैरसरकारी संस्था साहस नेपालका कार्यक्रम संयोजक राम बहादुर खत्री लगायत बिभिन्न गैससका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिहं, एभिन्यूज टेलिभिजनका बाजुरा संम्बादाता तथा बडीमालिका खवर डट कमका प्रतिनिधी लक्ष्मीराज पाध्याय, माउन्टेन टेलिभिजनका बाजुरा संम्बादाता तथा बडीमालिका खवर डट कमका प्रतिनिधी मदन बिकलाइ पनी सम्मान गरेको छ । त्यसै गरि रेडीयो बाजुरा, रेडीयो पौरखी, स्वामीकार्तिक राष्ट्रिय दैनिक र नागरिक साप्ताहिक जिल्लामा रहेका संचार माध्यायमलाई समेत सम्मान गरेको थियो । विद्यालयको प्रगतिमा योगदान दिने पूर्व बिद्यालय ब्यबस्थापन समितिका अधयक्ष पदाधिकारी, उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मान पत्र प्रदान गरेको छ । बिद्यालयमा अनुसाशन, सरसफाई कक्षामा प्रथम उत्र्तीण, खेलकुदमा उत्कृष्ठ छात्रछात्रालाई पुरस्कृत गरेको छ ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायको अध्यक्षतामा संचालन भएको ५३ औँ बर्षिकोत्सवको प्रमुख अतिथि जिल्ला समन्वय समतिका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । कार्यक्रमको बिषिष्ट अतिथिमा नेपाल कमन्यूष्टि पार्टी नेकपाकी प्रदेश सदस्य कमल कुमारी शाह, नेकपा नेता गगन रावल रहेका थिए । त्यसै गरि अतिथिमा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति, अभिभावक, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, पत्रकार नागरिक समाज, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार