बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ
  • बाजुरामा आर्थिक गणना कार्यालय स्थापना

बाजुरामा आर्थिक गणना कार्यालय स्थापना

  • मङ्लबार, चैत्र ३, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा आर्थिक गणना कार्यालय स्थापना

बाजुरा—बाजुरामा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । मंगलबार सदरमुकाम मार्तडीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको जिल्ला आर्थिक गणना अधिकारी प्रकाश विष्ट बताए ।

‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म रहने गरी देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरेको जनाएको छ । गणनाको कार्यको लागि २०८३ वैसाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क संकलन गर्ने कार्यतालिका रहेको कार्यालयले जानकारी दिएको छ ।

पहिलो आर्थिक गणना यस अघि २०७५ सालको वैशाखमा भएको थियो । दोस्रो आर्थिक गणनाका लागि देशभर ५ हजार गणकहरु नियुक्त गरिँदैछ । गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने कार्यालयले जनाएको छ ।

कृषि तथा वन, खानी तथा उत्खनन, उत्पादन, निर्माण, थोक तथा खुद्रा व्यापर लगायतका विभिन्न १८ वटा क्षेत्रको आधारभुत विवरण संकलन गरिनेछ । कार्यालयकाअनुसार गणनाका लागि चैत मसान्त सम्म पूर्व तयारीका सम्पूर्ण काम सम्पन्न हुनेछन् । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षक स्थलगत रूपमा खटिने छन् ।

चर्चामा

सम्बन्धित समाचार