शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाज
  • त्रिवेणी–५ किम्नीमा जन्मजात अपाङ्गता भाइबहिनी उपचार अभावमा अलपत्र

त्रिवेणी–५ किम्नीमा जन्मजात अपाङ्गता भाइबहिनी उपचार अभावमा अलपत्र

  • शुक्रबार, फाल्गुन ८, २०८२
त्रिवेणी–५ किम्नीमा जन्मजात अपाङ्गता भाइबहिनी उपचार अभावमा अलपत्र

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिका ५ किम्नीमा एकै घरका दुई भाइबहिनी उपचार अभावमा अलपत्र अवस्थामा रहेका छन् । जन्मजात रुपमा शारीरिक अपाङ्गता भएका भाइबहिनीहरु उपचार गर्ने पैसा नहुँदा अलपत्र रहेका हुन् ।

किम्नी बस्ने सर्जन बोहराका १४ बर्षकी छोरी चन्द्रा बोहरा र १२ बर्षका कमल बोहराको खुट्टा जन्मजात रुपमा अपाङ्गता छन् । गाउँकै रामेश्वरी माविमा कक्षा ८ मा पढ्ने दुवै भाइबहिनाका खुट्टा जन्मजात देखि बाङ्गा छन् । चन्दाको घुडा मुनि दुवै खुट्टा बाङ्गो छन् भने कमलको दुवै पैतला बाङ्गा छन् ।

उपचार गरेर ठिक हुने भए पनि परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्ने पैसा नहुँदा घरमै अलपत्र अवस्थामा रहेको आफ्‌न्त जनक बुढाले बताएका छन् । अपाङ्गताका कारण दुवै भाइबहिनी गाउँकै विद्यालयमा जानआउन पनि घण्टौं लाग्ने गरेको छ । त्यस्तै उनीहरुका बुवा सर्जन बोहरा पनि अपाङ्ग छन् । बुवा हिड्डुल गर्न सक्दैनन्, आमा माघि बोहराको जिम्मामा सबै परिवार छ । अपाङ्ग भाइबहिनीहरुको उपचार त टाढाको विषय हो, दैनिक छाक टार्न र घर खर्च चलाउन पनि धौधौ रहेको आमा माघिले बताइन् । करिब १ बर्ष सम्म काठमाडौंमा उपचार गरेर उनीहरुका खुट्टा सिधा हुन हुने भए पनि उपचारका लागि लाखौं पैसा खर्च हुने देखिन्छ । उनीहरु भाइबहिनीलाई सहयोग तथा जानकारी चाहिएमा आफन्त ९८४६६७८२८८(सुरेन्द्र कटुवाल) र ९७६२६०८१७२( टेकराज बोहरा) लाइ सम्पर्क गर्न सक्नुहुनेछ ।

चर्चामा

सम्बन्धित समाचार