मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा सरुवा भएका उपसचिव नआएपछि मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइयो

त्रिवेणीमा सरुवा भएका उपसचिव नआएपछि मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइयो

  • मङ्लबार, कार्तिक २६, २०८२
त्रिवेणीमा सरुवा भएका उपसचिव नआएपछि मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइयो

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यहीँ कात्र्तिक २३ गतेको निर्णय अनुसार शाखा अधिकृत टेक बहादुर मौनीलाई खटाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी दिपक कुमार थापाले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरुको थमौती भएपछि पालिकामा शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको जानकारी दिएका छन् ।
यसअघि मन्त्रालयले भदौ दोस्रो साता त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सत्यराज जोशीलाई खटाएको थियो ।

त्यस्तै, गृह मन्त्रालयले यसअघि सामान्य प्रशासनलाई पत्र लेख्दै शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न अनुभवी कर्मचारीको आवश्यकता भएकाले उपसचिवको सरुवा हाललाई थमौती गरी गृह मन्त्रालयमै रहने व्यवस्था होस् भनेपछि सामान्यले गृहको आग्रहअनुसार सरुवा थमौती गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव सरुवा थमौती गरेपछि बाजुराको बुढीनन्दा र बडीमालिकामा पनि उपसचिव नआउने निश्चित जस्तै भएको छ ।

यस्तै, मन्त्रालयले जिल्लाका ३ वटा गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । जसमा शाखा अधिकृतहरु खप्तड छेडेदहमा घनश्याम अर्याल, जगन्नाथमा दिलिप सुवेदी र गौमुलमा नविन पोख्रेललाई खटाएको थियो । तर हाल खप्तड छेडेदहमा खटाइएका अर्याल हाजिर भए पनि गौमुल र जगन्नाथमा भने अहिलेसम्म पुगेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार