शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • विश्वकप लिग-२: दीपेन्द्रको अर्धशतकमा नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य

विश्वकप लिग-२: दीपेन्द्रको अर्धशतकमा नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य

  • शनिबार, कार्तिक १६, २०८२
विश्वकप लिग-२: दीपेन्द्रको अर्धशतकमा नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहार गरे । ऐरीले सर्वाधिक ७५ रन योगदान दिए । करण केसीले ३१ बलमा ४९ रन बनाए । उनी अर्धशतक बनाउन चुके । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

बलिङमा अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २÷२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार