बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

  • शनिबार, जेष्ठ १६, २०८३
सेयर गर्नुहोस् :
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

अछाम–अछाममा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका–४ का अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका–५ का चट्टान गुप्ताको उपचार भइरहेको छ ।

घाइतेहरुको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पु¥याएको थियो । उनीहरुको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार