शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • गरीबलाई के को दशैँ, के को तिहार

गरीबलाई के को दशैँ, के को तिहार

  • बुधबार, अशोज १५, २०८२
गरीबलाई के को दशैँ, के को तिहार

नेपाली समाजमा दशैँ र तिहारलाई जीवनको सबैभन्दा ठूलो पर्वका रूपमा मानिन्छ। कोही घर फर्केर आमा–बुबासँग टिका थाप्छन्, कोही भाइबहिनीलाई माया र आशिर्वाद दिन्छन्। घर–घरमा दीप प्रज्वलित हुन्छन्, खुशीको माहोल छाउँछ। तर यथार्थका अर्को पाटो छ—सबैका घरमा दशैँ–तिहार एउटै उत्साह लिएर आएको हुँदैन।

गरिबको घरमा दशैँ भनेको ऋण तिर्ने चिन्ता हो, तिहार भनेको भोलिको चुल्हो कसरी बाल्ने भन्ने पीडा हो। कसैका घरमा खसी काटिँदा, कसैको भान्सामा नुन–भात मात्र पकिरहेको हुन्छ। कसैले नयाँ लुगा लगाउँदा, कसैले बच्चालाई च्यातिएको पुरानो कपडा लगाइदिन बाध्य हुन्छ।

यस्तो बेलामा मन आफैं सोध्छ—“गरीबलाई के को दशैँ, के को तिहार?” तर, पर्वको वास्तविक अर्थ के हो? दशैँ भनेको केवल मासु, मदिरा र कपडाको प्रदर्शन होइन। तिहार भनेको झिलिमिली बत्ती मात्रै होइन। यी पर्वको सार भनेको एक–आपसमा माया बाँड्ने, पीडामा परेका साथीसंगीलाई हात दिने, दु:खमा परेका छिमेकीलाई सहारा दिने हो।

साँचो दशैँ त्यो हो—जब विपन्न बालकले पनि नयाँ लुगाको सपना देख्छ। साँचो तिहार त्यो हो—जब प्रत्येक घर उज्यालोले भरिन्छ, कसैको आँगन अँध्यारो रहँदैन। त्यसैले, हामीमध्ये जसले सक्छौँ, उनले आफ्नो खुशीको अंश छिमेकीसँग बाँडौं। एक थान मिठाई, एउटा लुगा, अथवा माया र सहानुभूतिको शब्द नै किन नहोस्—यही नै साँचो दशैँ, यही नै साँचो तिहार हो।

त्यो दिन, जब सबै नेपालीले खुशीसँग पर्व मनाउनेछन्, तब मात्र यो वाक्य पुरानो जस्तो लाग्नेछ— “गरीबलाई के को दशैँ, के को तिहार।” किनकि त्यो दिन दशैँ र तिहार साँच्चै सबैको हुनेछ।

चर्चामा

सम्बन्धित समाचार