शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • सरस्वती माविका शिक्षक बिष्टद्वारा विद्यालयमा अक्षय कोष स्थापना

सरस्वती माविका शिक्षक बिष्टद्वारा विद्यालयमा अक्षय कोष स्थापना

  • बुधबार, भदौ १८, २०८२
सरस्वती माविका शिक्षक बिष्टद्वारा विद्यालयमा अक्षय कोष स्थापना

बाजुरा–  ४१ वर्षे लामो शिक्षण सेवा समाप्त गर्दै सरस्वती माध्यमिक विद्यालय, ढाडाकोटका प्रधानाध्यापक विष्णु बहादुर बिष्ट सेवा निवृत्त भएका छन् । शिक्षा, समाज र नेतृत्वका क्षेत्रमा उल्लेख्य योगदान दिएका बिष्टलाई सेवा निवृत्तपछि भव्य विदाई गरिएको छ । सेवा निवृत्तको अवसर पारी उनले विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न बालबालिकाहरूका लागि उल्लेखनीय उपहार छोडेका छन् ।

बिष्टले आफ्ना स्वर्गीय बुवा रूपनाथ बिष्ट र आमा सुन्तला बिष्टको नाममा बिध्यालयमा अक्षय कोष स्थापना गरेका छन् । विद्यालयका लागि रु दुई लाख ६२ हजार ६१२ बराबरको अक्षय कोष स्थापना गरिएको भरत विष्टले जानकारी दिएका छन् । जससमा विष्ट स्वयमले १,००,५०१ (एक लाख पाँच सय एक रुपैयाँ) कोषका लागि जम्मा गरेका छन्  भने उनका भाइ जनक बहादुर बिष्टले रु ५१,००० र छोरी अधिवक्ता चेतना कुमारी बिष्टले रु १,११,१११ सहयोग गरेकी छिन् ।

भाइ जनक विष्ट नेकपा एमालेका नेता हुन् । उक्त कोषको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह कामी र निवर्तमान प्रधानाध्यापक धनराज बोगटीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । शिक्षण सेवा अवधिभर बिष्टले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासमा सक्रिय भूमिका निभाउँदै आएका थिए ।

साथै, समाज परिवर्तन, राजनीति र शिक्षा क्षेत्रका अन्य पहलुहरूमा पनि उनको योगदान उल्लेखनीय रहेको स्थानीयले बताएका छन् । विद्यालय परिवारले बिष्टको समर्पणप्रति आभार प्रकट गर्दै सेवा निवृत्त जीवन सुखमय होस् भन्ने शुभकामना दिएको छ । विद्यालयले उनले सुरु गरेको अक्षय कोषलाई एक प्रेरणादायी सुरुवातको रूपमा लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार