शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजारबाट सम्पर्कविहीन भएका बालक सकुशल भेटिए

मार्तडी बजारबाट सम्पर्कविहीन भएका बालक सकुशल भेटिए

  • आइतवार, भदौ १५, २०८२
मार्तडी बजारबाट सम्पर्कविहीन भएका बालक सकुशल भेटिए

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी बजारबाट हराएका एक बालक सकुशल भेटिएका छन् । शनिबार बिहान मार्तडी बजारबाट हराएका बालक आइतबार  बिहान साढे ९ बजे भेटिएका हुन् ।
मार्तडी बजारबाट हराएका त्रिवेणी नगरपालिका–२ सिम्ला घर भई हाल मार्तडी अध्ययनरत ८ बर्षका विकास न्यौपाने सकुशल भेटिएको आफन्तहरुले बताएका छन् ।

उनलाई शसस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराको टोलीले बडीमालिका नगरपालिका ८ आर्मी व्यारेक नजिकै बनाली गाउँमा भेटाएको जनाएकाे छ । सकुशल भेटिएका बालक न्यौपानेलाई आफन्तको जिम्मा लगाइएको जनाएको छ । उनका आफन्तहरुले बालक हराएको भन्दै प्रहरीमा निवेदन समेत दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार