
बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ७ निवासी दिलिप केसी नेपाल तरुण दल बाजुराको उपाध्यक्षमा मनोनीत भएका छन् । युवा नेता केसीलाई जिल्ला कार्य समिति बाजुराको असार ५ गते निर्णय अनुसार उपाध्यक्षमा मनोनीत गरेको नेपाल तरुण दल बाजुराका सचिव हिरेन्द्र बहादुर राकोयाले वताएका छन् ।
नेपाल तरुण दलको बिधान २०१० सातौं संशोधन २०८१ बमोजिम उनलाइ मनोनीत गरेको नेपाल तरुण दल जिल्ला कार्य समिति बाजुराले जनाएको छ । केसी राजनितिक सँग सामाजिक सेवामा समेत तल्लिन रहेका छन् । उनि जिल्लामा बसेर राजनितिकमा सक्रिय रहेका छन् ।
