शनिबार, मंसिर २१, २०८२

कविता हैन दाजै

  • मङ्लबार, भदौ ३, २०८२
कविता  हैन दाजै

सानै छु जीवन जिउन देउन,
जिन्दगीका ढोका खोल्न नपाई
पेटिकोटको सुर्कानो नखोलिदेउ न
खोला बगेको भर्खर देख्दैछु दाजै,
रगतको खोला नबगाइदेउन

बिन्ती छ दाजै
रातिको समय छ ,
घरमा बुबाआमा बाटो कुर्दै होलान्
कहिले नउठ्ने गरी लम्पसार नपारिदेउ न

पीडा हुन्छ दाजै
आफ्नो स्वार्थको लागि मेरो शरीर चुमेर जिउँदै पासो नलगाइदेउ न

पीडा हुन्छ दाजै
आफैले आफैलाई पासो लगाउन बाध्य नबनाइदेउ न
दाजै म त तिमीलाई आफ्नै दाई मान्छु
आफ्नै बहिनी नि सही
म सँगै तिमी पनि त अपवित्र हुन्छौ
मेरो रगतसँग लतपत नभैदेउ न

बिन्ती छ दाजै
जिउँदै पासो नलगाइदेउ न
बिन्ती छ दाजै
मेरो रगतसँग लतपत नभई देउन
बिन्ती छ दाजै
मेरो रगतसँग लतपत नभई देउन

चर्चामा

सम्बन्धित समाचार