शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर सन्चान, ५ सय भन्दा बढिकाे उपचार

नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर सन्चान, ५ सय भन्दा बढिकाे उपचार

  • बिहिबार, साउन २३, २०८२
नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर सन्चान, ५ सय भन्दा बढिकाे उपचार

बाजुरा– नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बडीमालिकामा लागेको मेलामा निशुल्क स्वास्थ्य साहयता तथा शिबिर संचालनबाट याे समाचार तयार पारून्जेलसम्म ५ सय बढिकाे उपचार गरिएकाे ईश्वरीबक्स गुल्मका गुल्मपती कृष्ण तिमिल्सिनाले बताएका छन । ३ जना बिरामीलाई नेपाली सेनाले उद्धार गरि घर पठाएकाे छ ।  त्रिबेणी र बडीमालिका मन्दिर परिसरमा गरि ३ ठाउमा स्वास्थ्य शिबिर संचालन गरिएकाे गुल्मपति तिमिल्सिनाले बताएका छन । ईश्वरीबक्स गुल्म बाजुराको आयोजनामा बडीमालिकामा लाग्ने मेलाको अवसरमा बिशशेज्ञ सहितको स्वास्थ्य शिबिर संचालन गरिएकाेमा ३ जना सिकिस्त बिरामीकाे उपचारपश्चात घर पठाएकाे ईश्वरीबक्स गुल्म बाजुराका गुल्मपती सेनानी तिमिल्सेनाले बताए । हरेक बर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात साउन शुक्ल चतुदर्शीको दिन लाग्ने मेला यस बर्ष साउन २३ गते रहेको छ ।
जात्राका लागि भक्तजनहरु एक हप्तादेखी हिड्न थालिसकेका छन । गुल्मपती तिमिल्सिनाका अनुसार यश बर्ष करिव ५ हजार भक्तजनहरू बडीमालिका पुगेका बडीमालिका खवरलाई बताएका छन । उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरुको आकस्मीक उपचारका लागि नेपाली सेनाको ईस्वरीबक्स गुल्म बाजुराले स्वास्थ्य शिबिर संचालन गरि उपचार गरिएकाे गुल्मका गुल्मपती तिमिल्सेनाले बताएका छन । अक्सिजन सहितको स्वास्थ्य शिबिर संगै नेपाली सेनाको हेलीक्पटर समेत स्टयानवाई राखीएकाे सेनानी तिमिल्सेनाले बताएका छन ।
नेपाली सेनाले बाटोमा हिड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानीको ब्यवस्थापन, अस्थाई शौचालय ब्यवस्थापन लगायत तिर्थालुभक्तजनका लागि त्रिबेणी पाटन र बडीमालिका मन्दिर परिसरमा अस्थाई बासका लागि टेन्टको समेत ब्यबस्थापन गरिएकाे ईस्वरीक्स गुल्ममा प्रमुख गुल्मपती तिमिल्सेनाले बताएका छन । त्यस्तै मेला अवधिभर शान्तीसुरक्षा, भिड ब्यवस्थापन र मेला सम्पन्न पश्चात बडीमालिका सफाई अभियान लगायतका बिभिन्न कार्यक्रमहरु रहकाे गुल्मपति तिमिल्सिनाकाे भनाई रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार