
प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्सले नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।आधुनिक प्रविधि र पारदर्शिता मार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्यका साथ कम्पनिले सेवा सुरु गरेकाे हाे । स्वयम्भू ठूलोभर्याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीमा शाखा कार्यालयहरू सहित १५ स्थानबाट सेवाको सुरुवात गर्ने हिरा रोकायाले बताएका छन , जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्ने उनकाे भनाइ रहेकाे छ ।
आइतबार एक कार्यक्रमका बिच साे कम्पनीकाे सेवा बिस्तार गरिएकाे कम्पनीले जनाएकाे छ । जसकाे उद्धघाटन बाजुराका पुर्व प्रतिनिधी सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले गरेका छन ।
सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्स लगायतका सेवा प्रदान गर्नेछ । ग्राहकहरुले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिंग, रियल–टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् ।
अनुभवी व्यवस्थापन टिम जसमा १५ बर्ष ढुवानी पेशाकर्मीहरु, आईटी विज्ञ र सिए द्वारा सञ्चालन हुने सारथीले अबदेखि नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
