शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अर्थ
  • एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

  • मङ्लबार, जेष्ठ २८, २०८२
एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

काठमाडौं —एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । यो कीर्तिमान वैशाखमै तोडिएको हो ।

यससँगै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । अघिल्लो आवमा यो वृद्धि १६.९ प्रतिशतले वृद्धि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार