
बाजुरा— बुढीगंगा नगरपालिका वडा न ६ मा रहेको बाम्का बजारमा भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि त्रिबेणी नगरपालिकामा रहेको तोलीदेवल माबिका शिक्षकहरुले एक दिनको तलव सुबिधा आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेका छन ।
बिध्यालयमा आज बैठक बसी बिध्यालयका सबै शिक्षक कर्मचारीहरुको एक दिनको तलव दिने निर्णय गरेका हुन । तोलीदेवल माबिको स्टाप बैठकले पीडितलाई रु २६ हजार ७ सय ४४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बिध्यालयले जनाएको छ । आगलागीबाट क्षति बेहोरेका स्थानिय व्यापारीहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले सहयोग स्वरुप सो रकम दिने शिक्षकहरुले बताएका छन ।
त्यस्तै आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न गरेका छन । बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको छ ।

