शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा अप्टिकल फाईवर इन्टरनेट अबरुद्ध, मर्मत गर्न अझै केही दिन लाग्ने

बाजुरामा अप्टिकल फाईवर इन्टरनेट अबरुद्ध, मर्मत गर्न अझै केही दिन लाग्ने

  • शनिबार, जेष्ठ २५, २०८२
बाजुरामा अप्टिकल फाईवर इन्टरनेट अबरुद्ध, मर्मत गर्न अझै केही दिन लाग्ने

बाजुरा– नेपाल टेलिकमको अप्टिकल फाईवर नेट अवरुद्ध भएको छ । सुक्रबार दिउसो जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा आगलागी हुदा सोही ठाउँमा अप्टीकल फाइृवरका लाईन जलेर नष्ट भएपछी इन्टरनेट सेवा अबरुद्ध भएको हो ।

जिल्लाको सदरमुकाम मार्तडी लगायत बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकामा सो इन्टरनेट सेवा अबरुद्ध भएको नेपाल दुर संचार प्राधिकरण बाजुराले जनाएको छ ।

दुर संचार प्राधिकरणका अनुसार बाम्का बजारमा आगलागी संगै करिव २ सय मिटर भन्दा बढि लाईन जलेकोले ईन्टर नेट सेवा अबरुद्ध भएको जनाएको छ । सो लाईन मर्मतका लागि नेपाल टेलीकमको प्रदेश कार्यालयमा जानकारी गराईसकेको भए पनि अझै २/३ दिन लाग्ने टेलिकमले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार