शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बुढीगंगा नगरपालिकामा निशुल्क आँखा शिविर : पहिलो दिन ४ सय बढीले लिए सेवा

बुढीगंगा नगरपालिकामा निशुल्क आँखा शिविर : पहिलो दिन ४ सय बढीले लिए सेवा

  • मङ्लबार, जेष्ठ २१, २०८२
बुढीगंगा नगरपालिकामा निशुल्क आँखा शिविर : पहिलो दिन ४ सय बढीले लिए सेवा

बाजुरा २० जेठ – बुढीगंगा नगरपालिकाको आयोजनामा र गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सुरु भएको छ ।
शिविरको पहिलो दिन ४ सय ११ जनाले आँखा परीक्षण गरि सेवा लिएका छन् । परीक्षणपछि मोतिबिन्दु लगायतका समस्या पहिचान भएका ७० जनाको सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ, भने अन्य ९० जना बिरामीहरू शल्यक्रियाको तयारीमा रहेका छन् । बाकी २ सय ५१ जनाको सामान्य उपचार पछि घर गएका छन् ।
शिविरमा बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, खप्तड छेडेदह गाउपालिका लगाएका क्षेत्रहरूबाट पनि सेवा लिएका बाजुरा स्वास्थ्य चौकी टाँटेका प्रमुख छत्र थापाले बताए । विशेषगरी बृद्धबृद्धा र दृष्टि सम्बन्धी समस्याबाट पीडित व्यक्तिले शिविरमा उपचारका लागि आएका छन् ।
बुढीगंगा नगरपालिकाका नगर उपप्रमुख माया खड्का कुवरका अनुसार बुढीगांगा नगरपालिकाले बिगतका बर्षहरुमा पनि गेटा आँखा अस्पतालसंग समन्वय र सहकार्य गर्दै शिविर आयोजना गरेर नगरबासीलाई स्तरीय आँखा स्वास्थ्य सेवा पु¥याउन गर्दै आएको छ । दुर्गम गाउँ बस्तीका बासिन्दालाई गुणस्तरीय सेवा प्रदान गर्नु नगरपालिकाको पहिलो प्राथमिकता हो, नगरबासीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दे नगरपालिकाको बार्षिक कार्ययोजना मार्फत शिविर संचालनको लागि सहयोग गरेकोमा गेटा आँखा अस्पताल कैलालीलाई धन्यबाद समेत दिएको छ ।
बुढीगंगा नगरपालिकाको बाजुरा स्वास्थ्य चौकीमा संचालन भएको २ दिने निशुल्क स्वास्थ्य आँखा शिविरको अध्यक्षता स्वास्थ्य चौकी प्रमुख छत्र थापाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुवरले गरेको थियो ।
शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोली, गेटा आँखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरू, स्थानीय स्वयंसेवक र नगरपालिकाको समन्वयमा सेवा प्रदान भइरहेको बाजुरा स्वास्थ्य प्रमुख छत्र थापाले बताए । शिविर भोली जेठ २१ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
नगरपालिकाले यस्ता सेवा आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएको नगर उपप्रमुख माया खड्का कुवरले बाईन ।

चर्चामा

सम्बन्धित समाचार