शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • नेपाल खेलकुद महासंघ बाजुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा धु्र्व रोकाया

नेपाल खेलकुद महासंघ बाजुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा धु्र्व रोकाया

  • शनिबार, जेष्ठ १८, २०८२
नेपाल खेलकुद महासंघ बाजुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा धु्र्व रोकाया

बाजुरा १७ जेठ– नेपाल खेलकुद महासंघ बाजुरा जिल्लाको दोस्रो जिल्ला सम्मेलन मार्तडीमा सम्पन्न भएको छ । सम्मेलनबाट ध्रुव रोकायाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्षमा महेश कार्की, सचिव संजय विश्वकर्मा, सहसचिव भरत रोकाया र लोकेश विश्वकर्मा कोषाध्यक्षमा कल्पना सेजुवाल चयन भएका छन् ।
खेलकुद क्षेत्रको समग्र विकास र युवाहरूलाई सकारात्मक मार्ग तर्फ उन्मुख गराउने उद्देश्यका साथ आयोजित सम्मेलनमा जिल्ला भरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली रहेका थिए । अन्य अतिथीहरुमा नेपाल खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश उपाध्यक्ष कोपिला सिंह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सिता थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य नरेन्द्र थापा, दिल थापा भोटे, राजिव रोकाया नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष राकेश थापा लगायत  विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कायक्रमको उद्घाटन सत्रमा खेलकुदले समाजमा ल्याउने सकारात्मक परिवर्तन, युवाको भविष्य निर्माणमा खेलको भूमिका र संरचनागत विकासका विषयमा चर्चा गरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार