शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • देश
  • बाजुराको जगन्नाथ जीप दुर्घटनाका घाईतेलाई नेपालगन्ज लगियो

बाजुराको जगन्नाथ जीप दुर्घटनाका घाईतेलाई नेपालगन्ज लगियो

  • मङ्लबार, जेष्ठ १४, २०८२
बाजुराको जगन्नाथ जीप दुर्घटनाका घाईतेलाई नेपालगन्ज लगियो

बाजुरा १३ जेठ — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटनाका घाईते दुवै जनालाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । सोमबार विहान जीप दुर्घटनामा परि घाईते भएका बुढीनन्दा २ का नन्द बहादुर तिरुवा र लोकेन्द्र तिरुवा घाईते भएका छन भने तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यू हुनेमा नेपाल टेलिकम दुरसंचार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक कर्ण महत, र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहोराले जानकारी दिए ।
घाईतेलाई कोल्टि अस्पतालमा उपचार सम्भब नभएपछि नेपालगज्न रिफर गरिएको कोल्टि अस्पतालले जनाएको छ । घाईतेको टाउकोमा र शरिरमा गभिर चोट लागेकोले रिफर गरिएको बताईको छ । बा ५ च २२०९ नम्बरको जीपमा सवार टोली जगन्नाथ गाउँपालिकामा रहेको टेलिकमको टावर मर्मतको लागि गइरहेका थिए ।
नेपाल टेलिकम अन्तर्गत दुरसंचार प्राधिकरणको टोली सवार जीप सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी जनक बोहोराका अनुसार प्रहरी टोली दुर्घटना बारे बुझ्न घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । कानूनी रुपमा मुचुल्का र अन्य कामहरु गरेर मृतकहरुलाई कोल्टि अस्पताल ल्याउने तयारी रहेको बताएको छ । प्रारम्भिक अनुमानमा सडकको अवस्था र भौगोलिक जोखिम प्रमुख कारक हुनसक्ने बताइएको छ । बाकी अनुसन्धन भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार