शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा बृहत कृषि जैविक विविधता प्रदर्शनी कार्यक्रम सम्पन्न

बुढीगंगा नगरपालिकामा बृहत कृषि जैविक विविधता प्रदर्शनी कार्यक्रम सम्पन्न

  • बिहिबार, जेष्ठ ९, २०८२
बुढीगंगा नगरपालिकामा बृहत कृषि जैविक विविधता प्रदर्शनी कार्यक्रम सम्पन्न

बाजुरा– प्रकृति प्रतिको सदभाव र दिगो विकास भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिकामा नगरपालिका स्तरीय बृहत कृषि जैविक विविधता प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । बुढीगंगा नगर कार्यपालिकाको आयोजनामा नगरपालिका र बिभिन्न सहयोग सस्थाहरुको सहयोगमा कार्यक्रम फालासेनमा भएको हो ।
प्रदर्शनीमा नगरपालिकाका १ देखि १० नम्वर वडा कृषक समुहले उत्पादन गरेका नमूना कृषि बालि विभिन्न प्रकारका अन्न, तरकारी, फलफूल, जडीबुटी तथा जैविक खेती प्रविधिका नमूनाहरू समावेश थिए । नगरपाकिला भित्रको कृषि जैविक विविधतालाई प्रवद्र्धन गर्नुका साथै दिगो कृषि प्रणाली तर्फ कृषकहरूको आकर्षण बढाउनु मुख्या उद्देश्य रहेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताए ।
कार्यक्रममा साझेदारी सहास नेपाल लि–वड रिरास परियोजना लगायतका सस्थाहरुको को उल्लेखनीय सहयोग रहेको थियो । कार्यक्रममा स्थानीय कृषक, उपभोक्ता सरोकारवाला निकाय तथा सरोकारवालाको उपस्थिति रहेको थियो । प्रदर्शनी अवलोकन गर्दै सहभागीहरूले जैविक उत्पादन प्रति चासो राख्नुका साथै कृषकहरुले एक आपसमा अनुभव आदन प्रदान गरेका थिए । नगरपालिकाले आगामी वर्षहरूमा अझ स्तरीय रूपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता गर्नुका साथै उकृष्ट किसानलाई नगरपालिले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
प्रदर्शनीमा आएका कृषक समुहहरुलाई मुल्याङ्कनका आधारमा नगद सहयोग सहित कृषि सामाग्री विभिन्न कृषक समूहलाई प्रदान गरेको छ ।
कृषि प्रदर्शनी मेला अवलोकन गर्नुका साथै मुल्याङ्कनबाट वडा नम्वर १० को मष्टामाण्डौ कृषक समुह प्रथम भएको भएर ५ हजार नगर सहित कृषि समग्री प्रदान गरिएको छ । त्यस्तै दोस्रो धर्ममाण्डौ कृषक समुहले ४ हजार नगद सहित कृषि सामग्री तेस्रो समुन्नत मिश्रीत कृषक समुहले ३ हजार नगर सहित कृषि समग्री प्रदान गरिएको नगरपालिकाले बताएको छ । र अन्य वडाका सवै कृषक समुह सान्तोनाका रुपमा २ हजार ५ सय नगर सहित कृषि समग्री प्रदान गरिएको कृषि शाखा प्रमुख दिपक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार